Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसोमबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान–अवतरणमा कीर्तिमान

सोमबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान–अवतरणमा कीर्तिमान


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा सोमबार एकै दिन अहिलेसम्मकै धेरै उडान र धेरै यात्रुले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार सोमबार एकैदिन ११४ उडान भएको हो। जुन एक दिनको उडान तथ्यांकअनुसार अहिलेसम्मकै सर्वाधिक हो।

११४ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरेका छन्। एकै दिन यति धेरै संख्यामा हवाई यात्रा गरेको रेकर्ड पनि अहिलेसम्मकै उच्च रहेको विमानस्थल कार्यालयले जनाएको छ।

नेपालीहरुको महान पर्व दशैंको चहलपहल बढेपछि अहिले विमानस्थल व्यस्त छ। अहिले नेपालमा चाडबाडको सिजन चलेको छ। साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ।

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन्। आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…

काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै

Techie IT