Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाललम्पी स्किनका कारण ७४ अर्ब क्षति

लम्पी स्किनका कारण ७४ अर्ब क्षति


काठमाडौँ । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।

सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरोका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै फरक नपार्ने देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले पशुमा लम्पीको सङ्क्रमणकै कारणले दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा प्रयोग गर्ने अवस्था मात्रै कुल गार्हस्थ उत्पादनसँग जोडिने भएकाले यसले तत्कालै ठुलो असर नपार्ने बताउनुभयो । “तर कृषि र पशुपालनले कुल गार्हस्थ उत्पादनमा ठुलो योगदान पु¥याउने भएकाले यसले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहनु पर्छ,” उहाँले भन्नुभयो।

उहाँले अहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा भने असर पार्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको र त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशुको क्षेत्रबाट भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने दाबी गर्नुभयो । यद्यपि यो वर्षकै गार्हस्थ उत्पादनमा खासै अन्तर नहुने उहाँले स्पष्ट पार्नुभयो ।

सरकारी संरचनासँग लम्पी स्किनको वास्तविक तथ्याङ्कको अभाव छ । पशु सेवाका क्षेत्रमा तल्लो तहसम्म नियमित रिपोर्टिङ हुने संरचना नरहेपछि यो क्षेत्रबाट समयमै तथ्याङ्क आउन नसकेको पशु सेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले स्विकार्नुभयो । यसको बृहत् अनुसन्धान आवश्यकता देखेर पशु सेवा विभागको अगुवाइमा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०, पशु चिकित्सा परिषद् मिलेर लम्पी स्किनले पारेको आर्थिक, सामाजिक र सांस्कृतिक क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा। मनोज शाहीले अगामी वर्ष पनि लम्पीको जोखिम रहेकाले विभागको अगुवाइमा बृहत् अनुसन्धान सुरु भएको जानकारी दिँदै अध्ययनपछि त्यसको विस्तृत प्रतिवेदनसमेत तयार पारिने बताउनुभयो ।

उहाँले लम्पी स्किन सङ्क्रमणले पारेको तत्कालीन असर मात्रै देखिएको र यसको दीर्घकालीन असरको खोजमा सङ्घीय, प्रदेश र स्थानीय तहले ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सहरको रकम ग्रामीण किसानको घरसम्म पुग्ने भरपर्दो स्रोत नै दुध र मासु भएकाले यसमा सबै क्षेत्र उत्तिकै जिम्मेवार बन्नु आवश्यक रहेको औँल्याउनुभयो ।

पशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील रहनुभएको पशु चिकित्सक मणि सापकोटाले लम्पी स्किन सङ्क्रमित पशुबाट दुध र मासु उत्पादनमा ह्रास आउने र पशुमा प्रजनन समस्या देखिने बताउनुभयो । उहाँले लम्पीबाट निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्ने हुँदा गरिब किसानका लागि चुनौती थपिएको बताउनुभयो । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT