Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालअपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवनका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवनका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएकाको मानवअधिकारको रक्षा उनीहरूको सशक्तीकरण र तथा विकासका लागि सरकारको सैद्धान्तिक, राजनीतिक र व्यवहारिक प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यसबारे प्रतिष्ठान अथवा आयोग गठनको विषयमा सरकार सकारात्मक रहेको कुरा बताएका हुन्।

‘सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपाङ्गता वा फरक क्षमता भएकाको अधिकार संरक्षण, परिचय पत्र वितरण तथ्याङ्क सङ्कलनलगायत लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउन चाहन्छु,’ प्रचण्डले भने, ‘यसलाई थप प्रभावकारी बनाइ अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र सम्मानजनक जीवनयापनका लागि सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक रूपमा विनियोजन हुने बजेटमार्फत थप लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको महसुस भएको पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT