गृहपृष्ठ ∕
नेपाल ∕
कोशीमा सरकार गठनका लागि सहकार्य गर्न लिङ्देनलाई प्रचण्डको आग्रह कोशीमा सरकार गठनका लागि सहकार्य गर्न लिङ्देनलाई प्रचण्डको आग्रह
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच छलफल भएको हो।
भेटमा प्रचण्डले कोशी प्रदेश सरकार गठनका लागि सहकार्य गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग आग्रह गरेका छन्। मध्यावधि नजिक रहेको कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेशसभामा रहेका जुनसुकै सदस्यले बहुमत (४७) सदस्य पुर्याएर मुख्यमन्त्रीको दाबी गर्न पेस गर्न सक्नेछन्। प्रदेश प्रमुख खापुङले असोज २६ गते ५ बजेभित्रमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
मिति नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष लिङ्देनसँग सहकार्यको हात अघि बढाउन आग्रह गरेका हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी