Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकिष्ट अस्पतालद्वारा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

किष्ट अस्पतालद्वारा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण


काठमाडौँ। ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको दुई महत्त्वपूर्ण अङ्गको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको छ।

सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरिएको हो। ३४ वर्षीय श्रीमानले उनलाई कलेजो दान दिएका थिए भने उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन्।

बिरामी महिलामा जन्मजात रोग देखिएको थियो। कलेजोका कारणले दुबै मिर्गौला बिग्रिएको थियो। मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन्। कलेजोबाट निस्किएको रसायनका कारण मिर्गौला खराब भएको बज्राचार्यले बताए।

त्यसैले एकैसाथ दुबै अङ्गको प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ। प्रा।डा। बज्राचार्यका अनुसार यो नेपालको इतिहासमै पहिलो पटक गरिएको हो।

शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए।

वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियु क्रिटिकल केयर विशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसियलिस्ट फिजिसियन, सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरू परिचालन भएका थिए।

किष्ट शिक्षण अस्पतालमा ११५ जना भन्दा धेरैको अङ्ग प्रत्यारोपण शल्यक्रिया गरिसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

Techie IT