Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनगढी एफसीको ब्राण्ड एम्बास्डरमा मिस पवी

धनगढी एफसीको ब्राण्ड एम्बास्डरमा मिस पवी


काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)खेल्ने तयारीमा रहेको धनगढी फुटबल क्लबले कलाकार तथा मोडल मिस पवी (पवी साँकी)लाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले टिकटकमा समेत चर्चित मिस पवीलाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको कुरा आधिकारिक रुपमा घोषणा गरेको हो ।

धनगढीका सिईयो सकुश केसी र कलाकार मिस पवीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान पनि गरे । मिस पवीलाई यस सिजनका लागि क्लबको ब्राण्ड एम्बास्डर बनाइएको सम्झौतामा उल्लेख छ । साथै लिग अवधिभर धनगढीको खेलमा मिस पवीले क्लबलाई मैदान मै उपस्थिति जनाएर समर्थन समेत गर्नेछिन् ।

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै खुशी र उत्साहित भएको प्रतिक्रिया दिइन् । उता क्लबका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्राण्ड एम्बास्याडरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

यस सिजन धनगढीको मार्की खेलाडीमा आशिष चौधरी रहेका छन् । मुख्य प्रशिक्षकमा भने युगल किशोर राई रहेका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि सुरु हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT