Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिनियर अहेव कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिनियर अहेव कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ। स्याङ्जाका चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट स्याङ्जाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध अकुत सम्पत्ती कमाएको आरोप लागेको छ। ९० लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ। उनले २०५४ साल कार्त्तिक ५ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

सार्वजनिक नियुक्ति पाएको मिति २०५४।०७।०५ गतेदेखि २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको जनाएको छ।

जागिर अवधिमा कोइरालाले खर्च, लगानी तथा सम्पत्ती आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको पुष्टि भएको अख्तियारले जनाएको छ।

कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत,असुल गर्न माग दाबी गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT