Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक सदनमा पेस भएन

गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक सदनमा पेस भएन


काठमाडौँ। प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक, २०८० पेस हुन सकेन।

मंगलबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए।

तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो। गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव निर्णयार्थ पेस हुन सकेन।

त्यसअघि, सांसद सुवालले नै प्रस्ताव पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए। विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो।

गणपूरक संख्या नपुगेपछि संसद्को बाँकी कार्यसूची अघि बढ्न सकेन। सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्दै असोज १८ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT