एन प्याब्सनको अध्यक्षमा न्यौपाने
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमति बमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेले आजदेखि कार्यकाल सुरु गरेका छन् ।
सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले अध्यक्षमा आफू कायम हुनुपर्नेमा सहजरुपमा हस्तान्तरण नगरिएपछि न्यौपानले आज कार्यक्रम आयोजना गरी पदस्थापनको घोषणा गरेका हुन् ।
अध्यक्ष न्यौपाने शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानुन र नीति नल्याउन सरकारसँग माग गरे । कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकाल सफलताको कामना गरेका थिए। रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक