गृहपृष्ठ ∕ नेपाल ∕ अरनिको बसपार्क नभत्काउन आदेशअरनिको बसपार्क नभत्काउन आदेश नेपालीपत्र शनिबार, २०८० असोज १३ गते, ०५:३९ मा प्रकाशित नेपाल काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज काठमाडौँ महानगरपालिकाको नाममा उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु÷नगराउनु ।”आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ वा कानूनबमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्नसमेत अदालतले महानगरपालिकालाई भनेको छ । अदालतले दुवै पक्षसँग छलफलका लागि यही १४ असोज गते बोलाएको छ । काठमाडौँ महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने उल्लेख गर्दै अटेर गरे भत्काउने सूचना गरेको थियो ।उक्त यातायात प्रालिले १४ रोपनी जग्गामा रू १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरपालिकाले ‘एक बसपार्क’ नीति लिएको उल्लेख गर्दै सञ्चालन अनुमति दिएको थिएन । #उच्च अदालत पाटनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइतेभरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चनाकाठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमासोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति विदेशबाट पनि श्रम स्वीकृतिकाठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदैकाठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसारधेरै पढिएका खबर १ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते ६ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा ७ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैThe Film Nepal