Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमणिपाल अस्पताल र मृतक परिवारबीच ६ बुँदे सहमति

मणिपाल अस्पताल र मृतक परिवारबीच ६ बुँदे सहमति


काठमाडौँ। पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको छ। उपचारका क्रममा ज्यान गुमाएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच सहमति भएको हो।

श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि यही असोज ७ गते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया दुराको उपचारका क्रममा भोलिपल्ट दिउँसो मृत्यु भएको थियो। त्यसपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकलाई आक्रमण गरेका थिए। त्यसयता दुवै पक्ष आन्दोलनमा थिए।

पीडित परिवार, स्थानीय बुद्धिजीवी, भद्र भलाद्‌मी, मणिपाल शिक्षण अस्पतालका सञ्चालक, कर्मचारी र चिकित्सकसमेतको सहभागितामा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुई पक्षबीच ६ बुँदे सहमति भएको हो। सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला राख्ने, सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्नेलगायतका सहमति गरिएको छ।

सहमतिः
१. मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने।

२. अल्पसंख्यक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने।

३. मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने।

४. दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने।

५. विनय गुरुङउपर दर्ता स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पुर्‍याई यथाशिघ्र सहजीकरण गर्ने।

६. दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक समस्त परिवारजनमा समवेदना व्यक्त गर्ने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT