Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन हुन्छः मन्त्री रिजाल

कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन हुन्छः मन्त्री रिजाल


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन्।​ मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री रिजालले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने जिकिर गरे। उनले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे। उनले जीवाष्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताए।

तत्कालै देशभित्र नवीकरणीय र हरित ऊर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए।

मन्त्री रिजालले उद्योगीहरूले व्यावसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगका रूपमा विकास गर्न आग्रह गरे। उनले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे। उनले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT