Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन गरिँदै

‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन गरिँदै


काठमाडौँ। दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ। नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो।

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज दिउँसो २ः३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा. दासलाई अभिनन्दन गरिने भएको छ। समाजसेवी डा. दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्यपुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिन्नदन गर्न लागिएको हो। सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको सङ्गालो पुस्तक पनि विमोचन गर्ने भएका छन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय रुपमा लागीरहेका छन्। विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवानिवृत्त भएपछि पनि उनले अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रियरूपमा सामाजिक अभियान्ताका रूपमा सेवामा समर्पित गरिरहेका छन्।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गर्नुभएका डा दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए। उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT