काठमाडौँ। पत्रकार कृष्णसिंह धामीमाथि सोमबार ललितपुरको बखुन्डोलमा आक्रमण भएको छ। रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि पाँच–छजनाको समूहले अपराह्न साढे चार बजे आक्रमण गरेको हो।
आक्रमणमा परी घाइते भएका धामीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको रातोपाटीले समाचारमा उल्लेख गरेको छ। पत्रकार धामीले खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा आफूमाथि आक्रमण भएको बताए।
२६ भदौमा ‘रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने’ भनी अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले विज्ञप्ति जारी गरेका थिए।
नेपाल पत्रकार महासंघले उक्त विज्ञप्तिप्रति आपत्ति जनाएको थियो। महासंघले २७ भदौमा विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ। त्यसलाई नजरअन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो। महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेसविरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन
काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू
पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा
एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना