गृहपृष्ठ ∕ नेपाल ∕ ईः ले भने, हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिएईः ले भने, हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए नेपालीपत्र सोमबार, २०८० असोज ८ गते, १३:१५ मा प्रकाशित नेपाल काठमाडौँ। भियन्ता ईः ले आफूहरूलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्ट पारेका छन्।मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्तालाई आफू उपस्थित भएर संवादको लागि बोलाउँदा नआएको कुरा सामाजिक संजालमा पोस्ट गरेको केही समयपछि अभियान्ता ईःले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्ट पारेका हुन्।अभियन्ता ईः लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेका थिए। त्यसको जवाफमा ईःले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए, त्यसोभए मेयरले भेट्दैन।’प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएनः मेयर बालेन #ईः #बालेन शाह #मेयरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरूधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal