Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्याउलामा सामाजिक विभेदविरुद्धका तीजगीत घन्किए

स्याउलामा सामाजिक विभेदविरुद्धका तीजगीत घन्किए


बागलुङ। जिल्लाको पश्चिमवर्ती तमानखोला १, स्याउलामा सामाजिक बिभेद विरुद्ध तीज गीतहरु घन्किएका छ्न्।

तमान गाउँपालिका वडा नं. १ र स्थानीय आमासमुह संगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालबिबाह र सामाजिक विभेद विरुद्ध आवाज मात्रै सुनाएन छलछ्मी नचाए।

देश बनाउने राजनीति खराब भयो चरित्र हुनुपर्छ देशभक्ती सबको दिल भित्र कलाकारहरुले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले। सरकारलाई चुनौती दिए। जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए। जात ब्यबस्था अन्त्यको उद्घोष गरे, बर्ग बिहिन समाजको कल्पना र बाटो देखाए। राजनीतिक इमान्दारी हुनुपर्नेमा जोड दिए।

चेलीको वेदना र बिलैना गरि सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र बिद्रोहको तह सम्म आइपुगेको छ। समताको सन्देश बोकेको आशा घर्तिमगर र विहानी रामजालीको समुह प्रथम हुँदै रु १५०० र प्रमाणपत्र पाए। जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समुहको गीतले दोस्रो हुँदै रु १००० प्रमाणपत्र पायो भने थम कुमारी वि।क र अनुजा खड्काको गीतले तेस्रो हुँदै हुँदै रु ७०० र प्रमाणपत्र प्राप्त गरे। दिलमाया र झरणाको समुह स्वान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिब बिर्ख बहादुर बिकले जानकारी दिए।

लोक नृत्य प्रतियोगिले आफू मात्रै नाचेन्न उपस्थित दिदीबहिनीलाई पनि छलछ्मी नचाए। नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समुह प्रथम, आशा घर्ति र अञ्जली विकको समूह द्वितीय र दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भए। टेकमाया र अनुजा खड्‌काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए।

नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको क्लबका अध्यक्ष कविन्द्र सिउतानीले जानकारी दिए।

बाल विवाह अन्त्य सामाजिक बिभेद न्यूनिकरणमा केन्द्रित विशेष कार्यक्रको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, बिशिस्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती मगर, दल प्रसाद पुन र मिलिजुली आमासमुहका आशा घर्ती, नव परिबर्तनशील आमा जमुहका थम कुमारी वि.क. साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो। सयौंको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेको कार्यक्रमा उक्त कार्यक्रमको अहमता थियो कार्यक्रम पश्चात दिदी बहिनीहरु दर खादै उडी उफ्री नाचेका थिए।

कार्यक्रमलाई वडाले ६ हजार मिलिजुली आमा समुह र नव परिबर्तनशील आमा समुहले ३–३ हजार नगद सहयोग गरेका थिए।

क्लब अध्यक्ष कविन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम बिकको स्वागत र सचिव बिर्ख ब. बिकले सञ्चालन गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT