गृहपृष्ठ ∕
नेपाल ∕
ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु
उदयपुर। उदयपुरको बेलका नगरपालिका– २ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार बस्नेतको बुधवार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा भएको मासिक बैठकमा सहभागी भएर प्रहरी चौकी भागलपुर फर्कने क्रममा मोटरसाइकलमा सवार प्रसनि बस्नेत सवार मोटरसाइकललाई बेल्टारतिरबाट गाईघाट आउँदै गरेको ना ४ ख ६१८३ नम्बरको ट्रकले चौदण्डीगढी ९ ज्यामिरे भन्ने गाउँमा ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएकोमा अस्पतालमा उपचार गर्नु भन्दा पहिले नै चिकित्सकले प्रसनि बस्नेतलाई मृत घोषणा गरेका थिए।
प्रसनि बस्नेतलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा