जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जातीय दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन्।
मंगलबार बाराको बारागढी गाउँपालिका– १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका हुन्।
‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ। यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन्’, मुख्यमन्त्री यादवले भने।
उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे। ‘बिहारमा उर्दु विद्यालय हेरेको छु। नेपालमा छैन। तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने।
हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए।