नेम्वाङको शोकमा सारियो संसद बैठक
काठमाडौँ। भोलि बुधबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा संसद बैठक सारिएको हो।
भोलि बुधबार १ बजे बस्ने भनिएको बैठक बिहीबार ३ बस्ने गरि सारिएको संसदको महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ।
सूचनामा भनिएको छ, ‘संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी