काठमाडौँ। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ। पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेता कार्यकर्ता पनि एमाले मुख्यालय गएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि श्रद्धाञ्जली दिए।
यस्तै, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेता पनि च्यास गएका छन्। अहिले नेताहरू आउने क्रम जारी छ।
एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु पनि श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन्। इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो।



