गृहपृष्ठ ∕ नेपाल ∕ प्रतिबद्धता पूरा नगरे भदौ २९ गतेदेखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको घोषणाप्रतिबद्धता पूरा नगरे भदौ २९ गतेदेखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको घोषणा नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, १५:४७ मा प्रकाशित नेपाल काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग प्रतिबद्धता पूरा नगरे भदौ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।‘हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘ती प्रतिबद्धताहरू कार्यान्वयन नभए यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ।’उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झाको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्। सरकारले आयोगमा निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पुनः नियुक्ति नदिएर दण्डित गरेको भन्दै केसीले यसले चिकित्सा शिक्षा सुधारमा असर पर्ने बताएका हुन्। #डा. गोविन्द केसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालनकाभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउकाठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री…काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् । सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी रेडपाण्डा संरक्षणका लागि जैविकमार्गइलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजारधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ३ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ६ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ७ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दThe Film Nepal