गृहपृष्ठ ∕
नेपाल ∕
‘गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्छ’ ‘गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्छ’
काठमाडौँ । गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डो¥याउन देशका सबै शक्ति एकजुट हुनुपर्नेमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले जोड दिएको छ ।
गणतन्त्र दिवसका अवसरमा फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा सबै शक्ति सशक्त र संवेदनशील भएर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको हो । सही सोचका साथ गरिने सही अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनताले छानेका प्रतिनिधि नै राष्ट्राध्यक्ष हुने र जननिर्वाचित प्रतिनिधिबाट शासित हुन पाउने लोकतान्त्रिक अभ्यासको सुन्दर रुप लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था विश्वमै नभएकाले यसलाई संस्थागत गरिनुपर्नेमा फाउन्डेसनले जोड दिएको छ । प्रत्यक्ष निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गर्ने सही अभ्यासले नै यो व्यवस्थालाई संस्थागत गर्दै लैजाने विश्वास लिएको जनाइएको छ ।
आजको युगमा राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको कुरा गर्न जति सहज छ कार्यान्वयन असहज हुने भएकाले सही अभ्यास गरिनुपर्ने विज्ञप्तिमा भनिएको छ । हाल देशमा देखिएको आर्थिक समस्या समाधान गरी सुशासन दिने गरी सरकारले काम गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू