Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरसार

सम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरसार


म्याग्दी । ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुुरु भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का सम्झौता भएको दुुई वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको सडक विस्तारको काम थालेको जानकारी दिए । १३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

“अठार महिनाको ठेक्का अवधिको म्याद थियो”, उनले भने, “धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि ठेकेदारले दुुई सय जना मजदुुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुुरु गरेका छन् ।”

लागत अनुुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । यसअघि थप भएको छ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिँदैछ । यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ ।

यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबियन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो । मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदारमध्येको रौताह निर्माण कम्पनीले काम अघि बढाएको हो । यो सडक कालोपत्र भएमा मुुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तीर्थयात्रामा आउने भक्तजन र पर्यटकलाई सहज हुने बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुुरुङले बताए ।

जोमसोमदेखि चीनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर दूरीको सडकमध्ये छ वटा प्याकेजको ७५ किमी दूरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि जोमसोमदेखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख प्रजापतिले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT