कानुन तथा न्याय सेवाका तीन सचिवको सरुवा
काठमाडौँ। सरकारले कानून तथा न्याय सेवाका तीन सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगको सचिवमा सरुवा गरेको छ।
सरकारले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणिन्द्र गौतमलाई न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणी सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी