काठमाडौँ। नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौँ आइपुगेको छ।
अमेरिकी सेनाहरु अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्। अमेरिकी सैनिक अधिकारी लिम कम्न्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौँ आइपुगेका हुन्।
नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।
सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन्। नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।