गृहपृष्ठ ∕
नेपाल ∕
बिरामीको मृत्यु भएपछि धनगढीको स्वस्तिक अस्पताल क्षेत्रमा तनाव बिरामीको मृत्यु भएपछि धनगढीको स्वस्तिक अस्पताल क्षेत्रमा तनाव
धनगढी। धनगढीको स्वस्तिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरका ५६ वर्षीय ऐजनलाल चौधरीको दुबै मृगौलामा पत्थरीको अप्रेसनको क्रममा मृत्यु भएको थियो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका हुन्।
मृतकका आफन्तले सो अस्पताल सडक क्षेत्रमा चक्काजाम गराएका छन् ।आफन्तले सडक बन्द गराएका छन्। उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन्।
घटनाको बारेमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक, उपचारमा संलग्न चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्तिको मागबारे मृतकका आफन्त र अस्पतालबिच छलफल भएपनी वार्ता बिना निष्कर्ष टुंगिएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन