Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालहिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने

हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने


काठमाडौँ । हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल र एन्ट फाउण्डेशनको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त मैत्रीपूर्ण फुटबल खेल खेल्न लागिएको आइतबार आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर बारेमा सूचीत गर्ने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल हुन लागेको आयोजकले जनाएको छ ।

हिमालको काखमा रमाएर बस्ने हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र होइन यसको बासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।

यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुङ्जीमा अवस्थित फुटबल मैदानहरूमा खेल हुने एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू) र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानीय युवाहरू)बीच खेल हुनेछ ।

मैत्रीपूर्ण फुटबल खेल यही भदौ २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङ्जी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना गर्न लागिएको अर्को आयोजक संस्था बायोकोस नेपालका इकोलोजिष्ट पारसविक्रम सिंहले जानकारी दिए ।

टिम हिमालयन स्नो लेपर्डमा कालाकार (प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान), खेलाडी (हरि खड्का, अनिल गरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह), मिस नेपाल वल्र्ड सृचा प्रधान, मिस्टर नेपाल समरपन कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल र प्रिस्का उदास उद्घोषक रहनेछन् ।

हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनका लागि मैत्रीपूर्ण फुटबल खेल, स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन, मनाङसम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेल मैदान, हिउँ चितुवा बासस्थानको भ्रमण र अन्तरक्रिया कार्यक्रमका आकर्षण रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT