गृहपृष्ठ ∕
नेपाल ∕
सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ।
सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना cib@nepalpolice.gov.np अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो।
यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सीआईबीले जनाएको छ। आमनागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ।
एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।