Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार

भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार


काठमाडौँ। भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार भएका छन्। सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका कम्तीमा १५० जना बालबालिका तथा किशोरहरू फरार भएका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले फरार भएको बताउँदै उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी दिए। आइतबार त्यो बालसुधार गृहमा एक बालकको मृत्यु भएपछि आफन्तले गेटमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले तोडफोड पनि गरेका थिए।

त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिदैँ प्रदर्शनमा सामेल भएका थिए। सुधार गृहमा २५६ जना बन्दी रहेकोमा अहिले ३२ किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए।

फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी गरेको प्रजिअ रिजालले जानकारी दिए। फरारहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT