गृहपृष्ठ ∕
नेपाल ∕
सत्ता गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी गर्ने प्रयास भयोः वर्षमान पुन सत्ता गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी गर्ने प्रयास भयोः वर्षमान पुन
फाइल फाेटाे
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्ता गठबन्धन भित्रकै दलबाट सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको बताएका छन्।
सोमबार एक कार्यक्रममा पुनले सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको खुलासा गरेका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको छ,’ उनले भने, ‘सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको छ।’
उनले सरकार जनताको साथ लिएर सबै खाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य
काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।
चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे