Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुर्गम क्षेत्रको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो

दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको छ ।

यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो । “देशका दुर्गम भेगका विमानस्थलमा दिउँसो १२ बजेपछि एरलाइन्सहरूले उडान गर्न पाउनेछन् । तर उडान सुरक्षा मापदण्डको कडाइका साथ लागू गर्ने गरी मात्र उडान गर्न दिइएको हो”, प्राधिकरणका सूचना अधिकारी भुलले भने ।

प्राधिकरणले बिहीबारदेखि देशभरको पहाडी क्षेत्रमा अवस्थित स्टोल उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गर्नका लागि चार निर्णय गरेको हो । पहाडी क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वासनीयता कायम गर्ने उद्देश्यले तत्काल लागू हुने गरी निर्णय लिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले छोटो उडान र अवतरण हुने विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाईमार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको दृश्य मौसमी अवस्था ‘भिएमसी मिनिमा’ कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात मात्र उडान अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको निर्णयानुसार उडान गर्दा प्रत्येक उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण नागरिक उड्डयन नियमावलीमा भएअनुसारको ‘भिजिबिलिटी एन्ड डिस्ट्यान्स फ्रम क्लाउड मिवनमा’को सुनिश्चिततापश्चात पिआइसी सम्पूर्णरूपमा सन्तुष्ट हुनुपर्नेछ ।

नेपालगन्ज विमानस्थलबाट छोटो उडान र अवतरण विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य ‘उडान सञ्चालन अधिकारी’को व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धित सम्पूर्ण कार्य उक्त अधिकारीमार्फत गर्नुपर्ने छ ।

यस्तै पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल विमानस्थलको सञ्चालन समय पुनरावलोकन गर्ने तथा बाटोको मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT