Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकारागारभित्र यातना र कुटपिटबाट कैदीको मृत्यु भएको मानवअधिकारवादी संस्थाको निस्कर्ष

कारागारभित्र यातना र कुटपिटबाट कैदीको मृत्यु भएको मानवअधिकारवादी संस्थाको निस्कर्ष


विराटनगर। मानवअधिकावादी संस्थाले संखुवासभा जिल्ला कारागारमा दुई कैदीलाई यातना र कुटपिट गर्दा हत्या भएको निस्कर्ष निकालेका छन्।

कारागारमा गरिएको स्थलगत अध्ययनको निस्कर्ष सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएपछि मात्र अस्पताल लगिएको अधिकारवादी संस्थाले जानकारी दिएका छन्।

गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा दुई कैदीको मृत्यु भएको थियो। घटनामा परी नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो। घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ।

स्थलगत अध्ययन गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले भने, “कैदीलाई कुटपिट र यातना दिएर हत्या गरिएको हाम्रो निस्कर्ष छ।”

थापाका अनुसार दुवैजनालाई अत्यन्तै पाशविक ढंगले कुटपिट र यातना दिने काम भएको पाइएको छ। कारागारबाट भाग्न खोजेको अवस्थामा अन्य कैदी र प्रहरीसमेत मिलेर कुटपिट गरेको देखिएको इन्सेक संयोजक थापाले सुनाए।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले संखुवासभा कारागार प्रकरणमा राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै भने, “कारागारभित्रै राज्यका निकायका प्रतिनिधि समेत लागेर ज्यान लिने कार्य निन्दनीय र गम्भीर छ। यसबारे पूर्ण प्रतिवेदन छिट्टै सार्वजनिक गर्नेछौँ।”

घटनामा पीडित भएकाको परिवारले कारागारका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध किटानी जाहेरी दिएका छन्। निमित्त जेलर राजेन्द्र घिमिरे भने फरार रहेको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT