गृहपृष्ठ ∕
नेपाल ∕
सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छुः कृष्णबहादुर महरा सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छुः कृष्णबहादुर महरा
दाङ। पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन्। गलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले यस्तो बताएका हुन्।
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन्।
सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ। ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु। छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?,’ उनले भने।
चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए। वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ। तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी