Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालबरामद भएको ‘ब्रेक शु’ बाट सुन छुट्याउन सुरु

बरामद भएको ‘ब्रेक शु’ बाट सुन छुट्याउन सुरु


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ‘ब्रेक शु’बाट छुट्याउने काम सुरु भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ब्रेक शुबाट सुन छुट्याउने काम भइरहेको हो।

सीआईबीले बरामद सुन जोख्न पत्र लेखेपछि आज सोमवार दिउँसोदेखि सुन छुट्याउने प्रक्रिया थालिएको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक शु बाट सुन छुट्याएपछि सुन गालेर तौल पत्ता लगाइने जानकारी दिए।

राजस्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलको भन्सारबाट तस्करी भएर सिनामङ्गल पुगेको सुन एउटा ट्याक्सीबाट बरामद गरेको थियो। अहिले यो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…

काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै

Techie IT