गृहपृष्ठ ∕
नेपाल ∕
कुटपिटबाट दुई कैदीको ज्यान गएपछि संखुवासभा कारागारमा तनाव कुटपिटबाट दुई कैदीको ज्यान गएपछि संखुवासभा कारागारमा तनाव
काठमाडौँ। संखुवासभा कारागारमा कुटपिटबाट दुईजना कैदीको ज्यान गएपछि तनाव भएको छ। भाग्न खोज्दा पक्राउ परेका कैदीको अरुको कुटाइबाट मृत्यु भएपछि अहिले कारागारमा तनाव भइरहको हो।
मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।
तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। दुई कैदीको मृत्यु र ९ जना कैदीबन्दी पक्राउ परेपछि कारागार क्षेत्रमा तनाव भएको हो।अहिले भित्रबाट कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।
मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर फेरि कारागारमा लगेको थियो। तर उनीहरुलाई अन्य कैदीले कुटपिटपछि ज्यान गएको हो। घटनापछि जिल्ला प्रशासन कार्यालयले एक छानबिन समिति गठन गरेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी