Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबालुवाटार जग्गा प्रकरणमा आफ्नो गलत नियत नभएको माधव नेपालको दाबी

बालुवाटार जग्गा प्रकरणमा आफ्नो गलत नियत नभएको माधव नेपालको दाबी


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै गलत नियत नभएको दाबी गरेको छन्। भ्रमणका लागि स्वीजरल्याण्ड पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नियत गलत नभएको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले आफूले गरेको काम असल नियतका साथ भएको दाबी गर्दै ‘नबिराउन नडराउनु’ भन्ने मान्यतामा आफू अडिक रहेको उल्लेख गरेका हुन्।

स्वीजरल्याण्डको जेनेभाबाट अध्यक्ष नेपालले भने, ‘एउटा भनाइ छ, नबिराउन नडराउनु। मैंले कुनै बिराएको छैन। बद्मासी गरेको छैन। भ्रष्टाचार गरेको छैन। अत्यन्त असल मनसायले मात्रै बालुवाटार विस्तारको पक्षमा निर्णय गरेको हुँ। कुनै पनि किसिमको अनुचित काम मैले गरेको छैन। त्यसैले कसैलाई पनि उन्मुक्ति दिने होइन, छानबिन गर्नुपर्छ। बद्मासी गरेको छ भने दण्डित गर्नुपर्छ। मैंले गरेको छै भन्ने मलाई पुरै विश्वास छ। राष्ट्रको विरुद्धमा भ्रष्टाचारको पक्षमा मुछिने कुनै पनि काम मैंले गरेको छैन। त्यसैले अदालतको निर्णयबारे भन्नुपर्ने छैन।’

आइतबार सर्वोच्च अदालले माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला क्याबिनेटले गरेका चारवटा निर्णयमाथि छानबिन गर्न आदेश दिएको छ। सर्वोच्चले उच्च तहका पदाधिकारीलाई समेत छानबिनमा ल्याउन आदेश दिएसँगै पूर्वप्रधानमन्त्रीहरु नेपाल र बाबुराम भट्टराईमाथि पनि छानबिन गर्नुपर्ने बाध्यता भएको छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT