Techie IT
२०८१ माघ १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालउत्तराखण्डको गौरीकुण्डमा गएकाे पहिराेमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता

उत्तराखण्डको गौरीकुण्डमा गएकाे पहिराेमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता


उत्तराखण्ड । रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।

उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका हुम्लाका वीरबहादुर होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो। पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उनकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा, अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिङ्की पनि बेपत्ता भएको जनाइएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद अधिकारीले पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पहिरोमा परेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उत्तराखण्डको गौरीकुण्डको स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रही अधिकतम पहल गरिरहेको गृह प्रवक्ता भट्टराईले जानकारी दिए।

यसै गरी घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसमक्ष लिखित पत्राचारसमेत भइसकेको छ। भारतीय सञ्चार माध्यमले खोज तथा उद्धारमा उत्तराखण्ड प्रहरी परिचालन भएको र निरन्तरको वर्षाका कारण थप समस्या उत्पन्न भएको जनाएका छन्। गाेरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

संसद्को हिउँदे अधिवेशन आज देखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

देशभर आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य

Techie IT