गृहपृष्ठ ∕
नेपाल ∕
विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ
विराटनगर। विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर– ५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।
घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ। बुधबार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी रहेको कोशी प्रदेश प्रहरी विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
उनले पत्रकार सम्मेमा घटनाको बारे जानकारी दिने समेत बताए । साउन ४ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डमा सेउती पुल नजिकै गोली प्रहार भएको थियो। विराटनगरबाट धनकुटाको मुलघाटबाट घुमेर फर्किने क्रममा धरानको जंगलमा दाहिने कोखमा गोली लागेको थियो।
उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक