Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालगलेश्वर मन्दिरमा छ लाख भेटी सङ्कलन

गलेश्वर मन्दिरमा छ लाख भेटी सङ्कलन


गलेश्वर । प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो ।

मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार यही साउन १ गते परेको पहिलो सोमबार रु तीन लाख ६५ हजार, साउन ८ गतेको दोस्रो सोमबार रु ९६ हजार र १५ गते तेस्रो सोमबार रु एक लाख ४१ हजार भेटी सङ्कलन भएको हो ।

मन्दिरमा सङ्कलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताए । ठूला पर्वमा भोलिपल्टै तथा अरु बेला महिनामा दुई पटक भेटी गन्ने गरिन्छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल ल्याइ स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ जाने भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रूपी चिह्न मानव निर्मित नभई स्वयम् उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT