Techie IT
२०८१ माघ १९, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालशैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट

शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट


बाँके । बाँकेका विभिन्न बालसुधार गृहमा रहेका बालकको शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट निवेदन दायर भएको छ । दुई सय ४८ बालक रहेको बालसुधार गृहमा विद्यालय सञ्चालनका लागि बारम्बार स्वीकृति माग गर्दा पनि सम्बद्ध निकायबाट हालसम्म स्वीकृति प्राप्त नभएकाले बालकहरुको पढ्न पाउने वातावरण मिलाउन र दरबन्दीसहितको विद्यालय खोल्ने अनुमति दिलाउन माग गर्दै रिट निवेदन दायर गरिएको हो ।

रिटमा कसुरजन्य कार्य गरेको आशङ्का वा आरोप लागेका वा कानुनको विवादमा परेका बालबालिका नेपालको संविधानको धारा ३९ मा उल्लिखित मौलिक हकका हकदार छन् । बालबालिकासम्बन्धी ऐन २०७५ तथा बालअधिकार महासन्धि १९८९ ले प्रत्याभूत गरेका बालअधिकारहरू र बालन्यायसम्बन्धी संरक्षणात्मक अधिकारका लागि पनि उनीहरू हकदार भएको बताइएको छ ।

शिक्षाको अधिकारबाट वञ्चित हुनु परेकाले बालकहरूको शिक्षाको अधिकार उपभोगको अवस्थाबारे अदालतबाट विज्ञ टोलीसहितको स्थलगत अनुगमन प्रतिवेदनसमेत लिई विपक्षीहरूका नाउँमा परमादेशको आदेशलगायत उपयुक्त आदेश जारी गरी बालबालिकोे शिक्षासम्बन्धी अधिकारलगायत उल्लिखित संवैधानिक एवं कानुनप्रदत्त हकअधिकारको संरक्षण एवं प्रचलनसमेत गराउन रिटमा मागसमेत गरिएको छ ।

बाँकेको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहले विद्यालय सञ्चालनका लागि सुधार गृह र नागरिक समाजका तर्फबाट पहल भए पनि स्वीकृति पाएको छैन । यसका लागि पटक पटक वडा, पालिकालगायत निकायमा निवेदन दिइएको थियो । उक्त रिटमा आज प्रारम्भिक सुनुवाइ आज हुँदैछ ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश र निर्देशनालयका निर्देशक, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, डुडुवा गाउँ कार्यपालिकाको कार्यालय र उक्त बालसुधार गृहलाई विपक्षी बनाई एडभोकेसी फोरम नेपालका संयोजक तथा सार्वजनिक सरोकार कानुन व्यवसायी समूहकातर्फबाट अधिवक्ता वसन्त गौतम, महिला कानुन र विकास मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का अधिकृत विनोद पाण्डे, अधिवक्ता केवल सिंह थारूलगायतले संयुक्त रुपमा रिट निवेदन दायर गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन

नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक

संसद्को हिउँदे अधिवेशन आज देखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

देशभर आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज

यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य

Techie IT