Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकुलमान घिसिङले गरे ‘फोन पे’ अभियानका विजेतालाई पुरस्कृत

कुलमान घिसिङले गरे ‘फोन पे’ अभियानका विजेतालाई पुरस्कृत


काठमाडौँ। अनुप सिकर्मी ‘फोन पे’ ले सञ्चालन गरेको ‘फोन पे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाका विजेता बनेका छन्।

११ साउनमा काठमाडौँस्थित नेपाल विधुत प्राधिकरणको कार्यलयमा आयोजित कार्यक्रममा सिकर्मीलाई भाग्शाली विजेता घोषणा गरिएको हो।

गत जेठ महिना भरि लागू भएको यस योजनामा हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता रहनुका साथै देशव्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त भएको ‘फोन पे’ले जनाएको छ।

यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अवधि भर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई ‘फोन पे’को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको थियो।

विजेता सिकर्मीलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइफोन १३ मिनी हस्तान्तरण गरेका थिए।

घिसिङले विजेतालाई उपहार हस्तान्तरण गर्दै विधुतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिएको कदमहरुको प्रसंशा गरेका थिए ।

‘फोन पे’का प्रमुख कार्यकारी अधिकृत दिवसकुमारले आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउदै लैजाने प्रतिबद्धता जनाए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT