Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन

एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन


काठमाडौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३/२०२५ को लागि रबिना अर्याल अध्यक्षमा चयन भएकी छन्। संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर, चयन भएका छन्।

सदस्यहरूमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना , अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले चयन भएका छन् । यसैगरी आईसीसी सदस्यहरूमा स्वतः राम बहादुर क्षेत्री,दिपक रेग्मी र बिशाल कुमार श्रेस्ठलाई निर्विरोध घोषणा गरिएको छ।

एनआरएन साउदीको बरिष्ठ उपाध्यक्षको लागि विशाल श्रेष्ठ र उमेश भट्टराईबीच चुनाव हुने घोषणाको अन्तिम अवस्थामा दुबै पक्षबिच सहमति भएको र विशाल श्रेष्ठले बरिष्ठ उपाध्यक्ष पदको लागि उमेश भट्टराईलाई चयन गरे भने भट्टराईले श्रेष्ठलाई आईसीसी सदस्यको लागि लिखितरूपमा सहमति जनाइ बरिष्ठ उपाध्यक्षको लागि चुनाव नहुने घोषणा गरेका थिए।

नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले सबै संघसंस्थासँग सामाजिक कार्यमा सहकार्य गर्दै संस्थाको हकहितको लागि काम गर्ने बताइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT