गृहपृष्ठ ∕
नेपाल ∕
सुन तस्करी प्रकरणमा होटेल भियनामा छापा, एक जना पक्राउ सुन तस्करी प्रकरणमा होटेल भियनामा छापा, एक जना पक्राउ
काठमाडौँ। करिब १०० किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ। विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेको हो।
होटलबाट केही कागजात र सामग्रीहरू बरामद गर्नुका साथै एक जना नेपाल मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको एक अधिकारीले बताएका छन्।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको आशङ्का पछि विभागले होटेल भियनामा छापा मारेको हो।
विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिई सकेको अवस्थामा सिनामंगलबाट करिब एक क्विन्टल सुन बरामद गरेको थियो।
विभागले ट्याक्सी चालकसहित रेडी ट्रेड प्रा.लि. नामक कम्पनीका सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ। भुजेलसँगै एक जना चिनियाँ नागरिकसहित भारतीय मूलका तिब्बतीय नागरिक समेत पक्राउ परेका छन्। हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका