Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना

भारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना


काठमाडौँ । भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए । उनले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए । यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो ।

उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।

यसैगरी जुलाई २१ मा विजय कुशवाहाले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए। साथै उनले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरेका थिए।

जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार प्रस्तुत गरेका थिए। जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पारेका थिए । सोही क्रममा उनले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गरेका थिए ।

जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिएका थिए । जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गरेका थिए।

विशेष सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियङ्का रौनियारले पानी खेर फाल्दा कसरी पानीको सङ्कट निम्त्याउँछ भन्नेबारेमा जानकारी गराएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT