Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गरिसक्न सर्वोच्चको आदेश

कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गरिसक्न सर्वोच्चको आदेश


काठमाडौँ। सर्वोच्च अदालतले कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्चले असार २१ मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गरेसँगै फेरि एक पटक संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र नयाँ सरकार बनाइसक्न आदेश दिएको हो। यो संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा धेरै दलले फेरि एक पटक बहुमत जुटाएर सरकार बनाउने प्रयास गर्नेछन्।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेले असार २२ गते रिट हाल्दा उत्प्रेषणको आदेशद्वारा धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश माग गरेको थियो।

यदि उपाधारा २ अनुसार सरकार बनाउन फेरि पनि सम्भव नभए उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउने छ। अबको सात दिनमा उपाधारा २ बाट सरकार बनाउन नसकेमा त्यसपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।

सर्वोच्चको यो आदेशपछि अहिलेका मुख्यमन्त्री थापा कामचलाउमा परिणत भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT