Techie IT
२०८१ चैत्र २३, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ

एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ


जनकपुरधाम। महोत्तरीस्थित एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ परेका छन्। दिनदहाडै एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार छन्। उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

गत जेठ १६ मा हतियारधारी एक समूहले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेर फरार भएको थियो। ती समूहमा पक्राउ परेका अजय पनि संलग्न रहेको प्रहरीको दाबी छ ।

महोत्तरी प्रहरीले पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाका मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत महोत्तरीले उनलाई सात दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना

Techie IT