Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपानी अभावले रोपाइँ ढिला

पानी अभावले रोपाइँ ढिला


काठमाडौँ । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।

पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमली बताउँछन् । उनी भन्छन्, “यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२÷२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन ।”

रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ । पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन् । व्यास नगरपालिका–७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताए । “बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ”, उनले भने ।

कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन । “पहिला त जेठदेखि नै पर्याप्त पानी पथ्र्यो, यसपाली त न पानी पर्यो, न खेत रोप्न सकिएको छ, किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ”, प्रधानले भने ।

पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास–७ का प्रदीप घिमिरे बताउँछन् । “यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्”, उनले भने ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिए । “समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ”, उनले भने– “विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन् ।”

यस वर्ष साउन ९ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख तिवारीले जानकारी दिए । “केही वर्षा भएकाले यस वर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ”, उनले भने । वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको उहाँले बताउनुभयो । जिल्लामा कुल ११ हजार हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त जग्गामा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।

जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरिएको छ । सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT