Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमन्त्री बस्नेत अबुधावी प्रस्थान

मन्त्री बस्नेत अबुधावी प्रस्थान


काठमाडौँ। संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधावी प्रस्थान गरेका छन्।

मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म अबुधावीमा आयोजना हुँदैछ। आईएसएका सदस्य राष्ट्रहरु, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहनेछ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्र्ताष्ट्रिय सौर्य गठबन्धन (आईएसए)सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्ट्रलाई सौर्य ऊर्जा प्रविधिहरु प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तनको असर कम गर्न सहयोग प्राप्त हुनेछ।

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT