Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ


काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।

बिहीबार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने भोलि म्याद थप गरिने जनाइएको छ । दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगन्जमा तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । पर्सामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ का ३१ वर्षीय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो

नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु

नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ । लिखु

पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ

चितवन । चितवन पाटे बाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी

Techie IT