गृहपृष्ठ ∕
नेपाल ∕
सप्तरीमा बिँडी नदिएको झोकमा मागिखाने मान्छेको हत्या सप्तरीमा बिँडी नदिएको झोकमा मागिखाने मान्छेको हत्या
जनकपुरधाम। बिँडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ।
सप्तरीको कंचनरुप नगरपालिका– ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०–६५ वर्षीय पुरुषको शव फेला परेको थियो।
उनको हत्या बिँडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो। उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले जानकारी दिए। मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिँडी मागेका थिए। तर मागिखाने व्यक्तिले बिँडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउँकोमा चार÷पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए।मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कार्बाही गर्ने सप्तरी प्रहरीको तयारी छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला